डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८६ जनाको कोरोना परीक्षण भएकोमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले दिएको जानकारी अनुसार दार्चुलाका २१, डडेल्धुराका ३ र बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार दार्चुलाको मार्मा गाउपालिकाका २०, महाकाली नगरपालिकाका १, डडेल्धुराको नबदुर्गा गाउपालिकाका २ र अमरगढी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पाटन नगरपालिकाका २ जनामा पनि कोरोना पुष्टि भएको मेडिकल ल्याब टेक्नोलोजिष्ट गणेजु बताए ।
Views: 220

























