डडेल्धुरा – डडेल्धुरा -देश काेराेना माहारिकाे अातंकमा रहेकाे समयमा डडेल्धुरा काे भागेश्वर गाउँपालिकामा वैकल्पिक प्रणालीबाट पठनपाठन सुरु गरेको छ। गाउँपालिकाको वडा नम्बर ५ मा रहेको शारदा माध्यमिक विद्यालय सिराडले भदौ ३० गतेबाट वैल्पिक विधिबाट पठनपाठन सुरु गरेको छ ।
कोरोना भाइरसका कारण विद्यालयहरु सञ्चालनमा नआएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको सुरु गरेको शारदा मा वि सिराड प्रधानाध्यपक हरि सिंह भाटले जानकारी दिए।
लामो समयदेखि घरमै बस्न बाध्य भएका विद्यार्थीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक पठनपाठन सुरु गरेको प्रधानाध्यापक भाटले बताए।



अहिले स्थानीय शिक्षकले वडा नम्बर ५मा रहेका विद्यार्थीहरुलाई गाउँमा गएर पठनपाठन गराइरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञानेन्द्र भाटले बताए। अध्यक्ष भाटका अनुसार गुवाडी र खाली भन्ने ठाउँमा विष्णु दत्त जोशी, चुल्लमा हर्कराज भट्ट, सिराड मल्लो बस्ती र उनीमा हरि सिंह भाट, पुजरीगाउँमा चन्द्र दत्त जोशी,मटेला चुल्तडीमा भोजरा पन्त र मुकेलीमा शोभा महताले शिक्षण गराइ रहेको बताए।
यसरी माहामारिकाे समयमा घरमै अाएर बालबालिका लाई शिक्षा दिदा अाफु निकै खुसि भएकाे अभिभावकहरु बताउछन् ।

























