२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

अछामकी एक किशोरी क्यानसरको उपचार गर्न आर्थिक अभाव हुँदा अस्पतालमा छटपटाउँदै

आर्थिक अभावले संकटमा परेकी छन् । ढकारी गाउँपालिका ६ मोयकाडा १८ वर्षीया मन्सरा बुढको बायाँ खुट्टामा क्यान्सर भएपछी उनलाई उपचारका लागि आर्थिक संकट परेको हो ।

कक्षा ११ मा अध्यननरत मन्सरा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन मा उपचाररत छन् । मन्सराका बुवाको यस अगाडी नै मृत्यु भइसकेको र आफन्तले उपचारको लागि अस्पताल पुर्याएका छन् । उनका आफन्त देबेन्द्र बहादुर बुढाका अनुसार उनको उपचारको लागि करिब १० लाखसम्म खर्च लाग्ने छ ।

मन्सरा करिब १ वर्ष देखि बिरामी भएको र उनको घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा सबैसँग आर्थिक सहयोगको लागि अपिल गरिएको उनले बताए । उनले मन्सरालाई बचाउनको लागि नागरिकस्तरबाट समेत आर्थिक सहयोग गरिदिन अनुरोध गरे ।

आर्थिक संकललन अभियानमा मन्सराका आफन्त देबेन्द्र बुढा र भुपेन्द्रबहादुर बुढा सक्रिय भएका छन् । सहयोगको लागि निम्नानुसारको ठेगागाना रहेको छ :- सम्पर्क नम्बर :- ९८६९५५३८०४, ९८६५६४१५१० खाता नम्बर :- ०७९०१०००००२१४०४१ (देबेन्द्र बहादुर बुढा सिटिजन्स बैंक , ढकारी अछाम)

सहयोग का लागी देबेन्द्र बुढा र भुपेन्द्र बुढालाई सामाजिक सन्जाल फेसबुक मा पनि सम्पर्क गर्न सक्नुहुनेछ :- 

https://www.facebook.com/debendra.chhetri.35

https://www.facebook.com/bhupendra.budha.31

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।