२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

सुदुरपश्चिममै पहिलाेपटक बनायाे अमरगढिले अाफ्नाे लाेगाे ।

दिपकराज भट्ट / डडेल्धुरा – स्थानिय सरकारकाे प्रत्याभुति गराउदै अमरगढी सरकार छुट्टै लाेगाे छुट्टै पाठ्यक्रम पनि निर्माण नेपालकाे संविधानले परिकल्पना गरेकाे तीन तहका सरकार र सरकारका अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ले गर्ने अधिकारकाे प्रयाेग अभ्यास तिनै तहका सरकार हरुले गरिरहेका छन। तीन तहका सरकार संचालनका निमित्त सहकार्य, समन्वय र सह अस्तित्व काे सिद्वान्त आत्म साथ पनि गरिरहेका छन। वास्तविक स्थानिय सरकारकाे प्रत्याभुति गराउने सवालमा अमरगढी अग्रपन्थमा छ। आफ्नै लाेगाे , आफ्नै स्थानिय पाठ्यक्रमकाे निर्माण संगै अमरगढी अग्रपन्थमा उभिन सफल भएकाे छ।
डडेल्धुरामा रहेका अमरगढी नगरपालिकाले सुदुर पश्चिम प्रदेशमै पहिलाे पटक आफ्नै लाेगाे बनाएकाे छ । डडेल्धुरामा रहेका सात स्थानिय तहमध्ये अमरगढी नगरपालिकाले मात्रै आफ्नै लाेगाे बनाएर कार्यन्व्यनमा लाएकाे छ । जस्मा अमरगढी नगर क्षेत्रमा रहेका ऐतिहासिक , धार्मिक र सास्कृतिक स्थलकाे ( घटाल थान, उग्रतारा मन्दिर ) झलक समेटिएकाे नगर लाेगाे डिजाईनर वरुण पनेरुले वताउनु भयाे।
नगरपालिकाले लाेगाे लाई २०७६ माघ महिनाबाट कार्यान्व्यनमा ल्याएकाे नगर प्रमुख विशेश्वर प्रसाद आझाले वताउनु भयाे ।
त्यसै गरि चालू शैक्षिक क्षेत्र वाटै लागू हुने गरि हाम्राे अमरगढी नामक स्थानिय पाठ्यक्रम पनि निर्माण गरि लागू गरिएकाे छ। स्थानिय संस्कृति माैलिक परम्परा र स्थल हरुकाे पहिचान झल्किने सन्दर्भ सामग्रग पनि समेटिएकाे शिक्षा अधिकृत हेमन्त राज पन्तले वताउनु भयाे। यसका अलवा अमरगढीले थुप्रै राम्रा काम हरुकाे थालनि गरेकाे देखिन्छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।