२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

श्राद्धको खानाले बिरामी भएका २८ जना बिरामी मध्ये एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–१० मालाखेतीमा श्राद्धको खाना खाएर बिरामी भएका एक युवकको ज्यान गएको छ भने २८ जना बिरामी भएका छन् । जसमध्ये ४/५ जनाको अवस्था गम्भीर छ ।

बिरामी भएर सेती प्रादेशिक अस्पताल भर्ना गरिएका १८ वर्षीय सुरेन्द्र बोहराको उपचारका क्रममा हिजो राति मृत्यु भएको छ । उनलाई उपचारका लागि हिजो साँझ साढे पाँच बजे अस्पताल ल्याइएको आकस्मिक कक्ष ईञ्चार्ज कृष्ण बहादुर बोहराले बताए ।

सेती प्रादेशिक अस्पतालका कन्सलट्याण्ट फिजिसियन डा. निराजनदत्त शर्माले अस्पतालमा भर्ना गरिएकाहरुमा विषाक्त खाद्य खाएका कारण हैजाको लक्षण देखिएको बताए ।

मृत्यु भएका बोहराको मुटुको अप्रेशन गरिएको खुल्न आएको चिकित्सक शर्माले बताए । झाडा पखाला र सुख्खा पनको असर मृगौला र मुटुमा असर गरेका कारण बोहराको मृत्यु भएको हुन सक्ने डा. शर्माले बताए ।

डा. शर्माले श्राद्धको खाएको खीर (प्रसाद) तरकारी, अचार र खानाका कारण २८ जनामा झाडा पखाखा तथा पेटको समस्या देखिएको बताए ।

मालाखेतीमा २८ गते श्राद्धमा खाना खाएर बिरामी भएकाहरुलाई तत्काल उपचारका लागि पदमा अस्पताल लगिएको भएपनि त्यहाँ उपचार संभव नभएपछि हिजो सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । माया मेट्रोमा एक बालिकालाई आईसियुमा भर्ना गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा पाँच जना भर्ना गरिएकोमा एक जनाको मृत्यु भएको छ । हाल पदमा अस्पताल, सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा १५ जनाभन्दा बढिको उपचार भईरहेको छ ।

स्थानीय बासिन्दाका अनुसार श्राद्धमा खाना पकाउने मान्छे बाहेक सबैमा स्वास्थ्य समस्या देखिएको छ ।

डा. शर्माका अनुसार झाडा पखालाका कारण शरीरमा सुख्खा पन भएपछि मृगौलामा असर गर्नुका साथै कतिपयमा मानसिक समस्या समेत देखिएको छ । अस्पतालमा भर्ना गरिएका कतिपय बालबालिका बर्बराउने समस्या समेत देखिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।