२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

पत्रकार महासंघ बझाङमा लाग्यो ताला

बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङ सदस्यता थप सम्बन्धि पठाएको निर्णयप्रति प्रेस संगठन जिल्ला शाखा बझाङले आपत्ति जनाएको छ ।

पत्रकार महासंघ केन्द्रिय कार्यालय र प्रदेशबाट जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिलहरुको नामसहित सिफारिस गर्न भनि पत्र आएकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गैरपत्रकारहरुको सदस्यता सिफारिस गरेको भन्दै प्रेस संगठन नेपाल जिल्ला शाखा बझाङले आपत्ति जनाएको हो ।

जिल्लामा संञ्चालित विभिन्न मिडिया हावस र पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई नभई नेपाल पत्रकार महासंघमा आफ्नो दवदवाह राखिराख्न ब्यापारीदेखी कानुन ब्यबसायी र राजनितिज्ञसम्मलाई पत्रकार महासंघको सदस्यता वितरणका लागी सिफारिस गरेको हो ।

बेलाबेलामा गैर पत्रकारहरुको खारेजीको माग गर्दै आएको प्रेस संगठन नेपालले यसपटक पनि सिफारिस गरिएका गैरपत्रकारहरुको सदस्यता सिफारिसलाई सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघको कार्यालयमा तालावन्दि गरेको जनाएको छ ।

महासंघका अध्यक्ष जगदीस रोकायाको हस्ताक्षरित सिफारिस पत्रमा ३६ जना नयाँ सदस्यहरुको नामावलीसहित प्रदेश र पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पत्र पठाएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।