धनगढी: लामो दुरीको यातायात, आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ।



मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात, हवाई उडान र होटल खोल्ने निर्णय गरेको हो।
यातायात व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ। यस्तै विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ।
Views: 153

























