दिपकराज भट्ट / भागेश्वर – स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धि अन्तकृिया कार्यक्रम मंगलबार दिउसाे भएकाे छ ।
कार्यक्रममा अथितिहरु गाउँपालिकाका वडा अध्यक्ष (१- ५ )का सबै , गाउँपालिका प्रमुख हर्ष बहादुर राेका , गाउँपालिका अध्यक्ष काैशिला कुमारि भट्ट , उपाअध्यक्ष पदम बाेहरा , जिल्ला रेडत्रस सभापति , शिक्षक संघ अध्यक्ष , शिक्षा शाखा प्रमुख , पुर्ब नेपाल शिक्षक संघ अध्यक्ष , सबै विद्यालयका प्र. अ , अध्यक्ष लगायत स्थानिय राजनितिक दलका प्रतिनिधि, स्थानिय नागरिक , पत्रकार , रहेकाे थियाे ।

स्थानिय तहमा रहेका कला संस्कृति , धर्म, भेषभुषा, यहाकाे माैलिकता, यहाँका पर्यटकिय क्षेत्र ,कृषि क्षेत्र लाई समेटेर स्थानिय पाठ्यक्रम निर्माण गरिने भएकाे हाे ।
पछिल्लो समयमा गाउँ समाजमा अङ्ग्रेजी भाषाले बढि प्राथमिकता पाएकाे समयमा यहाकाे स्थानिय भाषालाई निरन्तरता दिनुका लागि स्थानिय पाठ्यक्रमकाे खाचाे रहेकाे गाउँपालिका अध्यक्ष काैशिला भट्टले बताउनु भयाे ।
डडेल्धुरा उतकृष्ट मानिने भागेश्वर गाउँपालिकाकाे १/२ मा मनाउने हाेलि जिल्ला कै उतकृष्ट रहेकाे अनि वडा नंम्वर ४ जिल्लामा कृषि क्षेत्रमा अगाडि रहेकाे पाईन्छ।

यस क्षेत्र लाई कृषि हवकाे रुपमा चिनाउनुका लागि पनि यस्ता बिषयलाई स्थानिय पाठ्यक्रममा समेटनु जरुरि रहेकाे गाउँपालिका प्रमुख हर्ष बहादुर राेकाकाे भनाई रहेकाे थियाे ।
अाफ्नाे कला, माैलिकता र स्थानियता झल्किने खालकाे पाठ्यक्रम ल्याउनु जरुरि रहेकाे साेहि अनुसारकाे पाठ्यक्रम ल्याउनुमा अाफु जाेड दिने वडा ३ का अध्यक्ष राम बहादुर शाहिले बताएका थिए ।




Views: 123




























