धनगढी- नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमित देखिएपछि कैलालीको गोदावरी नगरपालिकाले असोज ७ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द गरेको छ ।



गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले भोलिदेखि (भाद्र ३१ गते) असोज ७ गतेसम्मका लागि स्वास्थ्य सेवा, फोहोरमैला ब्यबस्थापन र दमकल सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको बताए ।
पछिल्लो समय समुदायमा नै कोरोना संक्रमण फैलिन थालेपछि नगरपालिकामा कार्यरत कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएको बताउदै नगर प्रमुख साउदले नगरपालिका बन्द गरिदा त्यसबाट पर्न जाने असुबिधा प्रति क्षमायाचना गरिदिन आग्रह गरे ।

Views: 120

























