२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

शहिद भिमदत्त पन्तकाे गाउँ आदर्श बस्ति बन्दै

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा जिल्लाको अमरगढी नगरपालीका २ मा रहेको शहिद भिमदत्त पन्तको गाउँ आर्दश बस्तीको रुपमा बिकास गर्ने कामकाे प्रारम्भ भइरहेको छ ।
डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेकाे अमरगढी नगरपालीकाले शहिद भीमदत्त पन्त जन्मेकाे कारीगाउँलाई आर्दश बस्तीको रुपमा बिकास गर्ने काम सुरु गरेको हो । हाम्राे समाजमा रहेकाे विभेद , असमानता र उत्पिडनका बिरुद्द “कि त जोत हलो, कि त छोड थलो, यदि होईन भने अब छैन भलो,”
भन्ने नाराका साथ सशक्त रुपमा किसान र गरिब मजदुरको हितमा आवाज उठाएका शहिद भिमदत्त पन्तको गाँउलाई आदर्श वस्तीको रुपमा बिकास गर्ने कार्यकाे शुभारम्भ गरिएकाे छ।
अमरगढी नगरपालिका नगर प्रमुखका रुपमा निर्वाचित भए देखि नै प्रमुख विश्वेश्वर प्रसाद ओझाले भिमदत्त आदर्शवस्तिकाे अवधारणा अगाडि सारेका थिए।
आर्थिक श्राेतकाे अभावमा विगतमा उल्लेख्य रुपमा प्रगति हुन नसके पनि अहिले प्रमुख ओझाकै पहलमा संघिय सरकारकाे पर्यटन पुर्वाधार विकास आयाेजना मार्फत करिव ७२ लाख रुपैयाकाे लागतमा उक्त कार्यकाे प्रारम्भ गरिएकाे नगरपालिका का ईन्जिनियर कविन्द्र भट्टले वताउनु भयाे।
पहिलाे पटक हाम्राे समाजकाे सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने व्यक्ति शहिद पन्तको जिर्ण बनेको घरलाई पुनः निर्माण गर्ने काम अहिले सुरु भएको छ ।
पन्तको गाउँ जाने सडक निमार्ण बनिरहेको छ भने जन्मथलो कारीगाउँ प्रवेशद्धार निर्माणाधिन अधुरो रहेको गेट समेत निर्माण भइरहेको अमरगढी नगरपालिका मेयर विश्वेश्वर प्रसाद ओझाले बताए ।
उनले भने, ‘यो बस्तीलाई आर्दश बस्ती बनाउने पहिलेकै योजना थियो। पहिले पुरा हुँदै, बस्ती मात्र हैन उनले सोचेका बिचारहरु पनि पुरा गर्ने हाम्रो दायीत्व हो।’
शहिद भीमदत्त पन्तको जन्मस्थान अमरगढी नगरपालिका २ को कारीगाँउलाई आदर्श वस्तीका रुपमा विकास गर्ने कार्यक्रम अन्र्तगत भौतिक संरचना निर्माणको काम भईरहेको छ । भिमदत्त पन्त जन्मिएको घरको पुर्ननिर्माण, घर सम्म कच्ची सडक निर्माण र सिंगो गाँउमा बाटो निर्माण तथा भिमदत्त पन्तको घरमा संग्रहालय निर्माण भईरहेको स्थानिय प्रदिप पन्तले बताए ।
उनले भने, ‘यहाँबाट त बन्दै छ अब यो घरलाई पुनः निमार्ण भएपछि संग्रहालय बनाउने याेजना रहेकाे छ। शिलान्यास कार्यक्रमा वाेल्नु हुँदै प्रमुख ओझाले राजनितिक रुपमा आफु सहिद भिम दत्त पन्तकाे अंशियार भएकाले उनले उठाएका एजेण्डा र विचार याे समाजमा स्थापित गर्ने आफ्नाे जिम्मेवारि रहेकाे र पूरा गरेरै छाेड्ने प्रतिवद्दता जनाउनु भएकाे थियाे।
सहिद भिम दत्त पन्तका भाइ यदुनाथ पन्तले शहिदकाे सपना पूरा गर्न मेयर विपिन ओझाले गरेकाे प्रयास निकै सकारात्मक रहेकाे र उनकाे अमरगढी मा गरिन लागेकाे कामकाे निकै प्रशंसा गर्नु भयाे।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।