धनगढी- दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।



जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईबाट कुटपिटमा संलग्न सरोज थापालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले थापालाई जाई स्थित घरबाटै पक्राउ गरेको जानकारी दिए ।
आक्रमण र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Views: 121

























