२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

बैतडीमा पिसीआर मेसिन जडान

बैतडी: बैतडीमा पिसीआर मेसिन जडानको कार्य सम्पन्न भएको छ। जिल्ला अस्पतालमा स्थापना भएको पिसीआर मेसिनबाट असोज १ गतेदेखि कोरोनाको परिक्षण सुरु हुने भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउने उक्त प्रयोगशालाको उद्घाटन प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको करिब ६ महिनामा प्रयोगशाला सञ्चालनमा आउन लागेको छ।

प्रयोगशाला सञ्चालन गर्न करिब ४० लाख खर्च भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर सिंहले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।