धनगढी ३० भदौ । कैलालीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। गएराती करिब ८:३० बजे जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा सु.प.प्र ०१००८ प ६७३६ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदय यात्रु ५५ बर्षिया कमला देबी रोकायाको मृत्यु भएको हो।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायवउपरिक्षक प्रतिक बिष्टले सेती प्रादेशिक अस्पतालमा रोकायाको मृत्यु जानकारी दिए ।
मोटरसाईकल सहित चालक गौरीगंगा वडा नम्बर १ का २१ बर्षिय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महिलाको शव सेती प्रादेशीक अस्पतालकाको शवगृहमा राखीएको छ ।
Views: 145


















