दिपकराज भट्ट\डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकामा कृषिबालीमा क्षति पुर्याइ अनिकाल निम्त्याउने सलहको झुण्ड देखा परेको छ।



भागेश्वर गाउँपालिकाको वडा नम्बर ३ बोगटा, खालमा सलह देखिएको स्थानीयले बताएका छन्। गाउमा सलहकाे ठुलाे झुण्डमा सलह आएको तर उता गाउँपालिकाले भने आफुलाई त्यसबारे कुनै जानकारी नभएको बताएको छ।

गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक दान विष्टले गाउँपालिकाभित्र सलह प्रवेश गरेको जानकारी नभएको बताएका छन्। यसले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ ।

Views: 171

























