दिपकराज भट्ट / डडेल्धुरा – सुदर पहाडकाे केन्द्रमा रहेकाे डडेल्धुरा अस्पतालले काेराेना माहामारिका बिच पनि सेवा दिदै अाएकाे छ । डडेल्धुरा अस्पतालला काेराेना परिक्षण ल्याव पनि रहेकाे छ । अहिले डडेल्धुरा अस्पतालमा दैनिक दुई सय बिरामिहरु अाउने गरेका छन् । याे पहिलेकाे तुलनामा बढि नै हाे । अहिले अस्पतालमा ज्वराे ,मलेरिया, स्क्रफ टाईफाईड र दिर्घ राेगिहरु बढि अाउने गरेकाे डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्ट
ले बताउनु भएकाे छ ।
अस्पतालले दिदै अाएकाे सेवाहरु लाई निरन्तरता नै राखेकाे बिष्टले बताए । पछिल्लो समयमा लकडाउनु खुकुलाे भए संगै गाउँमा यातायात संञ्चालन अाए संगै बिरामिकाे चाप बढेकाे हाे ।



डडेल्धुरा अस्पतालमा पहिले भन्दा अहिले काेराेनाकाे परिस्थितिमा पनि सेवा राम्रो नै रहेकाे अजयमेरुका रामदत्त पन्तले बताए । उनले भने हामिले अस्पतालकाे भन्दा पनि यातायात व्यवसायी बाट बढि दुख्ख खेपिरहनु परेकाे गुनासाे गरे । डडेल्धुरा अस्पतालले सेवा विस्तार गरेकाे र भाैतिक संरचना कमिकाे कारणले केही असहज भएकाे मे सु बिष्टले ले बताएका छन् ।

























