२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

मेयर ओझाले गरे घटाल क्षेत्र पर्यटन पुर्वाधारकाे शिलान्यास

 दिपकराज भट्ट/डडेल्धुरा – प्राकृतिक सुन्दरताले भरिपुर्ण एवं रानिले दाईजाेका ल्याएकाे क्षेत्रकाे पुर्वाधार विकास एवं प्रचार प्सार मार्फत पर्यटन प्रवर्धन गर्ने उदेश्यले डडेल्धुराकाे अमरगढि ३ मा रहेकाे प्रमुख धार्मिक स्थल घटालथान क्षेत्रकाे पर्यटन पुर्वाधार निर्माण कार्यकाे आज अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले आज एक समाराेहका साथ सिलान्यास गरेका छन्।
घटाल क्षेत्र विकास समितिकाे आयाेजनामा गरिएकाे समाराेहमा स्थानियकाे निकै राम्राे उपस्थिति थियाे। संघिय समपुरक अनुदान बाट रू १ कराेड ४२ लाखकाे अमरगढी नगरपालिकाले बहु वर्षिय ठेक्का गरेकाे छ । ठेक्काकाे जिम्मा आलाेक कन्ट्रक्सनले पाएकाे छ । आज दिउसाे अमरगढि नगरपालिकाका मेयर विपिन ओझाले शिलान्यास गरेका हुन ।
घटाल क्षेत्रकाे पर्यटन पुर्वाधारकाे बिकासका लागि यस क्षेत्रमा तलाउ निर्माण हुने , कम्पाउण्ड वाल निर्माण, बाटाे, सव दाह गृह बनाउने याेजना रहेकाे अमरगढीका ईन्जिनियर कविन्द्र भट्टले बताउनु भएकाे छ।
यी पुर्वाधार निर्माण पश्चात् यस क्षेत्रकाे छुट्टै आकर्षण बढ्ने उनकाे तर्क छ। समग्र डाेटि घटाल क्षेत्र लाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्दै आकर्षणकाे गन्तव्य बनाउने मेयर ओझाकाे भनाई रहेकाे छ।
यसका साथै यसै बर्ष सहिद भिम दत्त पन्त जन्मेकाे वार्ड लाई आदर्शवस्तिका रुपमा विकास गर्ने लक्ष्य रहेकाे र पुर्वाधार निर्माणकाे कार्य समेत अगाडि बढेकाे उनले बताउनु भयाे।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।