न्दर सुदूरपश्चिम यातायात प्राली, कर्णाली रिभर यातायात प्राली, र कैलाली यातायात प्रालीले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ज्ञापन पत्र बुझाउँदै सहजीकरण गरिन माग राखेका हुन् ।



सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदम सापकोटाले आफूहरू छोटो तथा लामो दुरीका यातायात सञ्चालनका लागी तयार भएसँगै सहजीकरणको लागी प्रमुख जिल्ला अधिकारी लाई आग्रह सहित ज्ञापन पत्र बुझाइएको बताए।
एकातिर कोरोना महामारी फैलीरहेका बेला सरकारले अन्य उद्योग-धन्दा, कलकार खाना तथा बजार खुला राख्न निर्देशन दिए पनि आफूहरूलाई भने मारमा पारिएको उनले बताए। स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार आफूहरू मास्क, सेनीटाइजर र सामाजिक दुरी कायम गर्न तयार भएकाले सुरक्षित रूपमा यातायात सञ्चालन गर्न तत्पर रहेको उनको भनाई छ।
Views: 154

























