दिपकराज भट्ट /डडेल्धुरा – सुदुरपश्चिम काे सात पहाडि जिल्लाकाे केन्द्रमा रहेकाे डडेल्धुरामा अान्तरिक राजस्व कार्यालय रहेकाे छ । यस कार्यालयले डडेल्धुरा , बैतडि,डाेटि,बझाङ ,बाजुरा ,अछाम , दर्चुला , हेर्ने गरेकाे छ ।



गत अा.व २०७६/७७ मा यस कार्यालयले जम्मा राजस्व छब्बीस कराेड, तिरचालिस लाख ,तेरह हजार , चार सय सत्तरी रुपैयाँ संकलन गरेकाे कर अधिकृत तिलकराज बाेगटिले जानकारि दिनुभएकाे छ । याे राजस्व वृद्धिका हिसावले १०९.४% ले वृद्धि हाे ।
यस असार महिना सम्ममा जम्मा करदाता संख्या पच्चीस हजार सात सय छयासि रहेका छन् जसमा अायकर बाह् हजार अरसठ्ठि , मु अ करमा बारह् हजार दुई , अन्तशुल्क मा एक हजार चार सय एघार , व्यक्तिगत पान बनाउने एघार हजार पाँच जना रहेकाे बाेगटिले बताए ।
कर अधिकृत बाेगटिका अनुसार देशमा लामाे समय लकाउनु रहेकाले यसकाे असर व्यापार व्यवसाय पनि परेकाे बताए । यस्तै यस
कार्यालयकाे कार्य क्षेत्र भाैगाेलिक रुपमा ठुलाे रहेकाले हामी सेवाग्राहिलाई सेवा दिदा पहिला टाढाकाे लाई प्राथमिकता दिने गरेका छाै ।
करदाताहरु लाई सहज हाेस भन्नका लागि कार्यालयले
अफिसिल फेसबुक पेज अनलाइन मिडिया, रेडियाे बाट समेत करका बिषयमा जानकारि दिने गरेकाे छ ।

























