काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १,१७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ । ९ हजार १६५ सय जनाको आज पिसिआर परीक्षण भएको छ ।
Views: 135

























