२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

सिन्धुपाल्चोक पहिरो : ११ को मृत्यु, २० जना बेपत्ता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

​ज्यान गुमाउनेहरुमा ९८ वर्षीया ट्याक्सी शेर्पा, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षीय धनलाल विक रहेका छन् । यस्तै ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र पाँच वर्षीया सरस्वती विकको पनि ज्यान गएको छ ।

सुरक्षाकर्मी र स्थानीयबासीले हराएकाहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।   

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।