२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

मेस्सी बार्सिलोनको खेलमा सहभागी

क्लब छाडेर जाने प्रयास असफल भएयता लियोनेल मेस्सीले बार्सिलोनाका लागि पहिलो खेलमा सहभागिता जनाएका छन् । जिम्नास्टिक डे टारागोनाविरुद्धको मैत्रीपूर्ण खेलमा मेस्सीले खेलेका हुन् ।

३३ वर्षीय अर्जेन्टिनी फरवार्डले गत अगस्तमा क्लब छाड्ने इच्छा व्यक्त गर्दै बार्सिलोनालाई ट्रान्सफर रिक्वेस्ट पठाएका थिए । तर, कुनै पनि क्लबले उनको ७० करोड यूरोको रिलिज क्लज पूरा गर्न नसक्ने भन्दै क्लबमा नै रहने बताएका थिए ।
तेस्रो डिभिजनको क्लबबिरुद्ध ३–१ को जीत निकाल्ने क्रममा मेस्सीले खेलमा कप्तानी गरेका थिए । उनले हाफ टाइमसम्म खेलेका थिए ।

खेलमा ओसमान डेम्बेले, एन्टोनी ग्रिजमान र फिलिपे काउन्टिन्होले गोल गरेका थिए ।

बार्सिालेनाले २७ सेप्टेम्बरमा भिल्लेरियालविरुद्ध खेल्दै ला लिगाको नयाँ सिजनको सुरुवात गर्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।