२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

सुदूरपश्चिमका २६ वर्षीय युवाले बनाए ‘मिनी एफएम ट्रान्समिटर’

कञ्चनपुर । सुदूरपश्चिमका एक युवाले एफएममा प्रयोग हुने  ‘मिनी एफएम ट्रान्समिटर’ बनाएका छन् । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ कफलीखाडका २६ बर्षिय नरेश विश्वकर्माले ८८.४ मिटर ब्यान्डको मिनि एफएम ट्रान्समिटर बनाएका हुन । 

No description available.

सानै उमेरमा यस्ता कार्यमा इच्छुक हुने विकले अहिले आफ्नै घरमा मिनी एफएम ट्रान्समिटर  बनाएका छन् । सानै उमेरमा रेडियोमा मानिस कसरी बोल्छन् होला भन्ने कौतुहलता उनमा पनि थियो ।

 के साच्चिँकै रेडियो भित्र नै गएर बोल्नछन होला त भन्ने जिज्ञासा उनको मनमा पनि खेलिरन्थ्यो । उनी सानै उमेर देखि यस्ता प्राविधिक कुरामा लागि रहन्थे । दिनमा स्कुल जाने र साँझ बिहान बिग्रेका  रेडियो,मोबाइल समेत बनाउने गर्दथे।

तेहि इच्छालाई व्यवहारमा उर्तान रेडियोमा केहि समय  प्राविधिकको काम समेत गरे । घरको आर्थिक अवस्था कमजोर भएकै कारणले आफ्नो जीवन निर्वाहको लागि वैदेशिक यात्रा गर्न बाध्य भए ।

नेपालमा केहि नहुने जस्तो लागेर विदेशमा लामो समय बिताउने र धेरै पैसा कमाउने लोभमा दुवै गएका नरेश छोटो समयमै नेपाल फर्के । सञ्चार क्षेत्रमा रुचि राख्ने उनी सुदूरपश्चिमका बिभिन्न रेडियोमा ४/५ वर्ष सम्म समेत समय बिताई सकेका छन्  ।

No description available.

अहिले देशनै कोरोनाका कारण  लकडाउनमा छ । यही मौका छोपी करिब २ सय मिटर जति टाढा सुन्न सकिने ८८.४ मिटर ब्यान्डको  आबिसकार गरेका छन् । लामो अनुभव र अनुसन्धान पछि नरेशले अहिले ट्रान्समिटर बनाउन सफल भएको बताउँदै आएका छन्।

No description available.

‘पाँच वर्ष सम्म रेडियोमै काम गर्दाको अनुभवलाई केहि गरेर देखाउनुपर्छ भन्ने सोचले करिब  साढे ७ हजारको लगानीमा एउटा सानो मिनी ट्रान्समिटर बनाएको छु , विकले भने,‘अहिले एउटा नमुना मात्रै बनाएको हुँ भविष्यमा रेडियो मै प्रयोग गर्न सकिने ट्रान्समिटर पनि बनाउन सक्छु ।’ गाउँघरमा भनेको सामान पाउँदैन, चाहिने जति सामानको व्यवस्था भए सजिलै बनाउन सकिने उनी बताउँछ ।

यो भन्दा ठुलो क्षमता भएको ट्रान्समिटर बनाउन धेरे खर्च लाग्ने भएकाले आर्थिक अभावकै कारण पनि आफ्नो प्रतिभा बाहिर ल्याउन सफल भएको उनले बताए । यस्तै अर्को प्रोजेक्ट आबिस्करका लागी  आफू अनुसन्धान गरिरहेकोले छिट्टै नै अर्को प्रोजेक्ट बनाउने उनले भनाई छ ।

यसमा प्रदेश सरकार, स्थानीय तहले आफूमा भएको सिपलाई प्रोत्साहन गरी अगाडी बढाउन सके स्वदेशमै स्वरोजगार बन्न सकिने उनको दाबी छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।