अत्तरिया – कैलालीको गोदावरी नगरपाकिा को संगम कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।



बिहान साढे १० बजेदेखि सुरु भएको साधारण सभा झण्डै चार घण्टा सम्म चलेको थियो।बिश्व माहामारीरुपमा रहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्चुअलको माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरिएको सहकारीले जनाएको छ ।
सहकारी संस्थाको आर्थिक वर्षको आफ्नो वार्षिक प्रतिवेदन अध्यक्ष चन्द्रबहादुर विष्टले प्रस्तुत गरेका थिए ।
संस्थाका प्रबन्धक अमरबहादुर कुँवरले आय व्यय विवरण सार्वजनिक गदै उनले गत वर्ष संगम सहकारी ६ लाख बढि खुद नाफा कमाउन सफल भएको बताए।
यस्तै दुई करोड १२ लाखको निक्षेप र २५ लाख बढिको शेयर पुँजी रहेको प्रबन्धक कुँवरले बताए।
सहकारीका अध्यक्ष चन्द्रबहादुर विष्टको सभापतित्वमा भएको साधारणसभा कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट गरिएको संस्थाका उपाध्यक्ष सुनिल विष्टले बताए।
वार्षिक साधारण सभामा एक सय भन्दा बढि शेयर सदस्यको सहभागिता रहेको थियो।

























