२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

पुनर्वास नगरपालिकामा मुक्त हलिया परिवारलाई ४२ मध्ये ३९ घर निर्माण सम्पन्न

आर.एल समीर/ कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३९ जना मुक्त हलिया परिवारले यस वर्ष आफ्नै घरमा बस्न पाउने भएका छन् ।
गत अार्थिक बर्षमा भुमिसुधार तथा मालपाेत कार्यालयबाट पुनःस्थापना भएका `क´ वर्गका ३९ जना मुक्त हलिया परिवारका घर निर्माण कार्य हुन लागेका हाे।
सबै मुक्त हलिया परिवारको घर निर्माणको कार्य अन्तिम चरणमा पुगेकाे निर्माण समितिका सचिव लक्ष्मण वि.कले बताएका छन। यस्तै भुमिसुधार तथा मालपोत कार्यालयबाट दुई किस्तामा २ लाख पच्चीस हजार पाएका थिए।
भने हेभिटाट नेपाल र राष्ट्रिय हलिया मुक्ति समाजकाे साझेदारीमा प्रति घरमा १ लाख पचास हजार भन्दा बढि लागत निर्माणका साथै प्राविधिक र सामाजिक परिचालक सहयाेग रहेकाे छ।
यस्तै ट्वलेट निर्माणका लागि पुनर्वास नगरपालिकाले ३ लाख लागत बराबरकाे सहयाेग गर्ने प्रतिबद्ध समेत जनाएका छ। ती सबै घर शौचालय सहितको दुई कोठाका छन् । घर निर्माण कार्य शुरु गरिएपछि मुक्त हलिया खुुसी छन् ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।