एकेन्द्र चन्द डोटी – डोटीमा बदेलले धानबाली नष्ट गर्न थालेपछि किसानहरु खेतमा गएर रात काट्न बाध्य भएका छन् । जिल्लाको शिखर नगरपालिका ३ आली अन्तर्गत पर्ने `मटेला´ खेतमा लगायको धान बाली लगायत किसानको घर वरिपरि लगायको कोदो मकै पनि नष्ट गर्न थालेपछि किसानहरु रातभर खेतमा गएर जाग्राम बस्न बाध्य भएका छ्न



डोटीका ग्रामीण बस्तिमा जहाँ जङ्गल नजिक रहेको छ त्यस ठाउका किसानको यो यस बर्षको मात्र समस्या होइन यो समस्या यस क्षेत्रका किसानले बर्सेनि भोग्दै आए छ्न यश बर्ष भने किसान दोहोरो मारमा परेका छ्न एकातिर कोरोनाको कहरमा सबै भारत लगायत अन्य मुलुक बाट घर फर्केका छ्न भने अर्को तिर किसानले समयमै मल नपाउदा हैरान भयका किसान जंगली जनावरबाट समेत हैरान भएपछि धानबाली, जोगाउन खेतैमै पालका छाना बनायर बस्न बाध्य भएका छ्न
दिनभर बादरले सताउने रातभर बँदेलले सताइ रहेको छ हामिहरु दिउस भरी पनि खेतमै अनि रातभर नि खेतमै जाग्राम बस्नु परेको छ किसानहरुले महिनौं गोडमेल गरि लगायको अन्न यसरी जंगलबाट आउने बदेल,बादर र लंगुर लगायत अन्य जंगली जनावरले धान बाली नष्ट गर्न थालेपछि आफुलगायत गाउँ बासी चिन्तामा छौ हामिलाइ कुन तरिका बाट जंगली जनावर बाट बच्ने भन्ने भैरहेको छ अहिले सम्म न त सरकारले बालिनाली जोगाउन पहल चालेको छ नत कुनै राहातको ब्यवस्था पनि नभएको स्थानिय किसान लोक ब बोगटिले बताउनु भयो
खेतमा पालको छानो हालेर रातभरि नसुतेर जंगली जनावर धपाउन बेस्त किसानलाइ न त निद्रा छ न त भोग आफुले लगायको धान बाली पाक्ने बेलामा बर्सेनि किसानको बाली बदेलले र बादरले सखाप गर्दा किसानहरु खेत बाट रुएर जानुपरेको अवस्था किसानहरुको मनमा ताजै छ खेत भन्दा टाढा घर खेतको नजिकै जङ्गल बाट आउने बँदेल र बादरलेको समस्या त छदैछ खेत पाक्ने बेलामा पानी चाहिने भएकोले पहिरोले सिचाइ कुलो भत्काइदिदा पिडामाथी पीडा भयको स्थानिय किसानको भनाइ छ
कि रोगले मर्न लाग्यौं कि भोगले मर्न लाग्यौ जङ्गल बाट बँदेल, बादर आयर धान बाली नष्ट गर्न थाल्यो । ‘कतिखेर जंगली जनावर आएर बाली नष्ट गर्ने हो भनेर हामी धानबाली जोगाउन राति समुह बनाएर खेतबारीमा गएर सुत्ने गर्दछौं,’ सबै जना कोरोना भाइरसको डरले घर फर्केको पैसा कमाउने बाटो पनि केही छैन सरकार बाट केही राहात उपलब्ध गराइदिय केही हदसम्म आफुलाइ राहात हुने स्थानीय किसान भागा देबि बोगटीले बताउनु भयो
शिखर नगरपालिका २ मुडेगाउँ,कारीगाउँ र शिखर-३ मा पर्ने अतुराली र खुडखुडा गाउँका अधिकांश किसान मटेला भन्ने खेतमा गएर खेतको ठाउँठाउँमा पालको छानो बनाएर राति समुहमा बस्छौं, थाल,डब्बा र कुल्लाह मच्चाएर बदेललाई धपाउने गरेको स्थानीयले बताए
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-19) ले गर्दा अधिकांश कृषक हरु गाउमै भित्र्याएका छन । महिनौंदेखि मेहनत गरेर हुर्काएको बालीलाई यसरी जंगली जनावरले नष्ट पारीदिदा भोकमरी समेत हुने गरेको र खेतमै रुएर जान बाध्य थिए तर यस भने किसान खेतमै जाग्राम बसेर केही हद सम्म धान बाली जोगाय पनि घरको वरि परि लगायको धान मकै कोदोबाली पुर्ण रुपमा बँदेलले नष्ट गर्दा पनि गाउँ घरका जान्ने सुन्ने मान्छेले बँदेल नियन्त्रण गर्नको लागि कुनै पहल नगरेको स्थानिय राजु देबि बोगटिले बताउनु भयो
प्रत्येक बर्ष बालीनालीमा क्षति हुँदै आएको भएपनि किसानहरुले क्षतिपूर्ती पाउन सकेका छैन भने स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरुले बर्षेनी बालीनालीमा क्षति बेहोर्दा समेत सम्बन्धित निकायको ध्यान गएको देखिदैन

























