धनगढी – प्रहरी हिरासतमा मृत अवस्थामा भेटिएका युवकको आफन्तले शव बुझेका छन्।



प्रहरीले घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेपछि शुक्रबार साझ पोस्टमार्टम गरेर आफन्तले शव बुझेका हुन्।
भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका -५ का १९ वर्षीय रोशन विक शुक्रबार बिहान प्रहरी हिरासतमा मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीले शौचालय गएका बेला झुन्डिएर आत्महत्या गरेको बताए पनि उनका आफन्तले भने हत्या गरिएको दावी गरेका छन्।
Views: 128

























