२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

वर्षासँग प्रेमालाप गर्दैगर्दा भेटिए पल शाह

काठमाडौँ । गायक किशोर शिवाकोटीको स्वर रहेको पर्ख तिमीलाई बोलको गीत युट्यूबमा सार्वजनिक गरिएलगत्तै चर्चामा आएको छ। प्रेम, रोमान्स र वैँशालु उमेरमा एक युवक र युवतीले देखाउने उत्ताउलोपना र त्यसभित्र लुकेको मायालाई भिडियोमा देखाउन खोजीएको छ ।

जहाँ मायालुले चाहेर नचाहेर यौवन छल्काइरहेका दृश्य हेर्ने पाठकलाई मज्जाले छुनेगरी भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक निकेश खड्काले प्रस्तुत गरेका छन् ।

सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन्। गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् ।

उनले गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन्। गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रीय रहँदै आएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।