२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

एकै परिवारका तीन जना मृत अवस्थामा भेटिए  थप सामग्री

भक्तपुर – जिल्लाको मध्यपुर थिमी नगरपालिका ९ स्थित बोडे नजिकै एकै घरका तीन जना मृत फेला परेका छन्। मृत भेटिएकामा सुदीप अधिकारी, उनकी श्रीमती सुशिला र छोरा सुशान्त रहेका छन्।

घटनास्थल वडा नम्बर ९ को बोडे नजिकै रहेको वडाध्यक्ष रामकाजी चक्रधरले जानकारी दिए। भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले एउटै घरका तीन जना मृत भेटिए पनि घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नसकिने बताइन्। 

“अहिले हामी घटनास्थलमै छौं, शव गन्हाइसकेको अवस्थामा भेटिएकाले फरेन्सिक चिकित्सकहरूलाई बोलाएर जाँच भइरहेको छ। शवको प्रकृति हेर्दा केही दिन अघि नै उनीहरूको मृत्यु भएको जस्तो देखिन्छ”, उनले भनिन्। 

तीन जना घरको माथिल्लो तलामा मृत भेटिएका हुन्। पहिलो तलामा भने एउटा कुकुर पनि मरेको अस्थामा रहेको घटनास्थलमै रहेका वडाध्यक्ष रामकाजी चक्रधरले जानकारी दिए।

घर नजिकै मान्छेको बसोबास छैन भने अलिकति पर एउटा खाजा घर छ। तर आज आफन्तले खानेकुरा ल्याइदिएर घरमै आउँदा मात्रै कोही नबोलेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष चक्रधरले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।