२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कक्षा ११ को आन्तरिक मूल्यांकनको काम विद्यालय खुलेपछि मात्र हुने

कक्षा ११ को आन्तरिक मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण लगायत काम विद्यालय सञ्चालनमा आएपछि मात्रै थालिने भएको छ। सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेपछि आन्तरिक मूल्यांकनको कार्यक्रम हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताएका छन्।

अध्यक्ष पौडेलले कोरोना महामारीका कारण तत्कालै मूल्यांकन, प्रमाणीकरणका सबै कार्यक्रम गतिविधि सञ्चालन गर्न नसकिने बताए। ‘कार्यविधि जारी भएको एक महिना भइसकेको छ,’उनले भने,‘आन्तरिक मूल्यांकन जस्ता कार्यक्रमको लागि पहिला विद्यालय खोल्नुपर्छ। सरकारले विद्यालय खोल्ने निर्णय गरेपछि मात्रै यी सबै काम हुन्छ। कोरोना महामारीले तत्कालै काम गर्न सकिन्न।’ आन्तरिक मूल्यांकनको जिम्मा विद्यालयलाई दिइएकाले सबै काम विद्यालयललै गर्नुपर्ने उनले बताए।

कोरोना महामारीले परीक्षा गराउने सम्भव नभएपछि सरकारले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविविधि, २०७७ जारी गरेसँगै सम्‍पूर्ण जिम्मा विद्यालयले पाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।