२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ९ लाख नाघेको छ । जोन हप्किन्स विश्विद्यालयको पछिल्लो रेकर्डअनुसार विश्वमा संक्रमणबाट मर्नेको संख्या ९ लाख ७९ जना पुगेको छ । त्यस्तै विश्वभर संक्रमित हुनेहरुको संख्या २ करोड ७६ लाख ९५ हजार १३० पुगेको छ ।

अहिलेसम्म संक्रमणबाट बढी प्रभावित मुलुकमा अमेरिका, भारत, ब्राजिल लगायतका मुलुकहरु रहेका छन् । बढी प्रभावित यी ३ देशसहित १० देशको तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।

त्यस्तै अहिलेसम्म दोश्रो प्रभावित मुलुक भारतमा संक्रमणबाट मर्नेहरुको संख्या ७५ हजार १ सय ९७ पुगेको छ भने संक्रमितको संख्या ४४ लाख ८२ हजार १ सय ७१ पुगेको छ । भारतमा निको हुनेहरुको संख्या ३४ लाख ८३ हजार ३९ पुगेको छ । भारतमा पछिल्ला दिन संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । दैनिक १ लाखको हाराहारीमा त्यहाँ संक्रमतिहरु देखिन थालेका छन् ।

तेश्रो प्रभावित मुलुक ब्राजिलमा मर्नेहरुको संख्या १ लाख २८ हजार ६ सय ५३ पुगेको छ भने संक्रमितहरुको संख्या ४१ लाख ९९ हजार ३३२ पुगेको छ । त्यस्तै त्यहाँ निको हुनेको संख्या ३४ लाख ५३ हजार ३ सय ३६ पुगेको छ । महामारीबाट चौथो प्रभावित देश रुस हो । रुसमा मर्नेहरुको संख्या १८ हजार २ सय ६३ र संक्रमितहरुको संख्या १० लाख ४६ हजार ३ सय ७० पुगेको छ । त्यस्तै त्यहाँ निको हुनेहरुको संख्या ८ लाख ६२ हजार ३ सय ७३ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।