सरकारले आत्महत्या रोक्नका लागि दुई वटा अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ।



आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हेल्पलाइन सुरु गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालले जानकारी दिए।
लगनखेलमा रहेको मानसिक अस्पतालमा ११६६ नम्बर र त्रिवि शिक्षण अस्पतालमा १६६०-०१–२१६०० नम्बरको फोनमा निःशुल्क हेल्पलाइनको व्यवस्था गरिएको छ। उनले दुवै नम्बरमा कुनै पनि व्यक्तिले फोन गरे मनोचिकित्सकबाट परामर्श पाउने बताए।
मानसिक अस्पतालमा बिहान ८ः ०० देखि साँझ ८ः ०० बजेसम्म र त्रिवि शिक्षण अस्पतालमा २४ घण्टा नै मनोचिकित्सकले परामर्श दिने छन्। नेपालमा हरेक दिन १७ जनाले आत्महत्या गर्ने गरेका छन्। नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशमध्ये सातौँ स्थानमा छ।

























