२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

डोटीमा बलात्कारको आरोपमा एक युवक पक्राउ

डोटीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक बलात्कारका आरोपमा बिहीबार पक्राउ परेका हुन् ।

बिरामी युवतीलाई झारफुक गर्ने भनी आफ्नै गाउँकी युवतीलाई एक्लो अवस्थामा भेटेर बलात्कार गरेको उजूरीका आधारमा ओलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक थापाले बताएका छन ।

इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार युवती बलात्कारको आरोपमा टेकबहादुर ओली पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले अभियुक्त ओलीले आफूले झरफुक गर्ने र सन्तान नहुनेको सन्तान हुन सक्ने भनी युवतीलाई भदौ ३ गते बलात्कार गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ गरिएको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।