कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका –३ बैवाहाका बर्ष ४५ का हरीप्रसाद चौधरीलाई बिहीबार दिउँसो ब्राउन सुगरसहित पक्राउ गरिएको छ। लालझाडी गाउँपालिका वडा नम्बर ६ स्थित चानदेवबाट पक्राउ परेका उनको साथबाट ७.२१ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



त्यसै गरि बेलौरी नगरपालिका–४ का बर्ष ३०का शेरबहादुर चन्द र शान्तिपुरका बर्ष ४०का मनोज विष्टलाई पनि लागुऔषध ब्राउन सुगरसहित पक्राउ हो ।
उनीहरु तीनै जना विरुद्ध लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।
Views: 144

























