धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालीका -६ शिबनगरमा रहेको बिद्युत सर्भिस पोलमा बल्ब (चिम) जोडी पोलबाट तल झरि पोलमा राखिएको भ¥याङ निकाल्ने क्रममा बर्ष३२का राज कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । त्यसै गरि अर्का बर्ष २२ का खेमराज दहाललाई पनि करेन्ट लागेको छ ।



उनको अवस्था भने सामान्य रहेको छ । करेन्ट लागि घाइते भएका दुबै जनालाई धनगढीको निर्सग अस्पताल प्रालीमा लगिए पनि चौधरीको उपचारका क्रममा मृत्यु भएको हो भने दाहालको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताए ।
उनीहरु दुबै जना धनगढी उप महानगरपालिकाले करारमा राखेका कर्मचारि रहेको बिष्टले बताए ।
Views: 178

























