विश्वभर आत्महत्याको घटनामा वृद्धि भइरहेको छ । सडक दुर्घटनापछि मृत्युको कारक आत्महत्या रहेको मनोचिकित्सक डा.दिपक कुँवरले जानकारी दिए ।



पुरुषको दोस्रो र महिलाको तेस्रो कारणमा आत्महत्या बनिरहेको बताए । उहाँले आत्महत्या बढिरहेकोमा चिन्ता व्यक्त गर्दै आत्महत्या रोकथामका लागि सञ्चारमाध्यम, नीति निर्माता लगायत सबैको भूमिका बराबर रहेको जनाए । ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गर्छन् र सोही समयमा अरु २० जनाले आत्महत्याको प्रयास गर्छन् ।
सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियामै दोश्रो धैरे आत्महत्या गर्ने देशमा पर्दछ । कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या २० देखि ३० प्रतिशतले बढेको पाइएको छ ।
विश्वमा आत्महत्या रोकथामका लागि हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ ।
आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नाराका साथ यो वर्ष पनि विभिन्न जनचेतनामुलक कार्यक्रम भइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियामै दोश्रो धैरे आत्महत्या गर्ने देशमा पर्दछ ।
कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या २० देखि ३० प्रतिशतले बढेको पाईएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आत्महत्याको कारण खोजी नीतिगत रुपमा रोकथामको कार्यक्रम समावेश गरिने जनाए । उहाँले आत्महत्या विरुद्ध साताव्यापी सचेतनाका कार्यक्रम हुने जानकारी बताए ।


















