एकेन्द्र चन्द / डोटी – पर्यटन प्रबन्धमा टेवा पुर्याउने उदेश्यले डोटीको शिखर नगरपालिका १ मा रहेको कपल्लेकी केदारेश्वर, मन्दिर स्थानिय रुपमा पाइने ढुगालाई मार्बल र ढुङ्गा लाई मुर्तरुप दिई बिशेष प्रकारले निर्माण गरिएको छ। स्थानियको चन्दा सहयोग र नगरपालिकाको आर्थिक सहयोगमा उक्त मन्दिर निर्माण गरियको छ।
परापुर्ब कालमा विशेष तरिकाले निर्माण गरिएका मन्दिर लगायत धार्मिक सरचनाहरु लोभ हुने क्रकमा भए पनि डोटीको शिखर नगरपालिका १ कपल्लेकीमा पनि पुरानो विशेष प्रकारले निर्माण गरिएको केदारेश्वर, मन्दिर अहिले जिर्ण बनेको छ ।
उक्त मन्दीको स्वरुप जस्तै अहिले नयाँ मन्दिर निर्माण गरिएको छ। मन्दिरमा स्थानीय रुपमा पाइने ढुङ्गालाई मार्बल र ढुङ्गालाई इट्टा जस्तै बनायर माटो र सिमेन्ट प्रयोग नगरी मन्दिर निर्माण गरिएको छ ।
जिल्लामा कपल्लेकी केदार र कपल्लेकी जातको बिशेष महत्त्व रहेको छ। पर्यटकलाइ भित्र्याउन उदेश्यले सिमेन्ट र इट्टा प्रयोग नगरी स्थानिय रुपमा उपलब्ध ढुङ्गालाई विशेष प्रयोग गरि मार्बल तयार गरि ढुङ्गालाई नै इट्टा जस्तै काटेर निर्माण गरिएको छ।
रमाइलो डाडा त्यसमाथि तेलेको लेक र घण्टेस्वर मन्दिर लगायतले यश क्षेत्रले प्रयटन लाई लोभ्याउने सक्न्ने स्थानिय चेत बहादुर शाहीले बताए।
हामिले नयाँ ढंग बाट मन्दिर निर्माण गर्यौ यसको यक मात्र उदेश्य भनेको डोटी जिल्लामा रहेको सबै भन्दा ठूलो सम्पती भनेको ढुङ्गा हो। यसलाइ हामिले ढुङ्गालाई मार्बल जस्तै काटेर मन्दिर निर्माण गरिसकेपछी प्रचार प्रसार गरेर बाहिरबाट आउने प्रयटकलाइ डोटीमा पनि ढुङ्गालाई काटेर मार्बलमा ढालेर मन्दिर बनाय छ्न ।
प्रचार हुनेर स्थानीय रुपमा उपलब्ध ढुङ्गाले मूल्य पाई यहाँका स्थानिय आर्थिक स्थितिमा समेत टेवा पुग्ने बताउनु हुन्छ ।
शिखर नगरपालिका वडा न १ का वडा अध्यक्ष खडक साहि
शिखर नगरपालिका, शिखर नगरपालिका वडा न १ को कार्यालय र स्थानियको चन्दा संकलनमा एक करोड चार लाख छ सय ६४ रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो भने दुई वटा शिव मुर्ती पनि निर्माण गरिएका छ्न।
डोटी रहेका धार्मिक तथा प्रयटकिय स्थलहरु बडिकेदार धाम, सैलेस्वरी मन्दिर, खप्तड, भेलछ्डा झरना विभिन्न ठाउमा रहेको गुफाहरु डोटी दरबार, निरौलिको मल्ल कालिन दरबार लगायत को प्रचार प्रसार गरेर प्रयटक भित्र्याउन सकिनेहो भने यश क्षेत्रको आर्थिक स्थितिमा पनि टेवा पुग्ने देखिन्छ।
Views: 213



















