रबिन्द्र थापा अत्तरिया – सिङ्गो नेपालमा केन्द्रबाट आएको करोड बजेट वडामा पुग्दा त १० मात्रै रह्यो । पैसा पचाउनका लागि उपभोक्ता समिती बिना बनाए पनि पढ्न नजान्ने जनतालाइ सदस्य बनाएर पैसा पचाए ।



उदाहरण केन्द्रबाट २० लाख बजेट आयो प्रदेशमा पुग्दा त १५ रह्यो त्यहाका मान्छेले ५ लाख पचाए ।
क्रमशः नगरपालिकामा पुग्दा त १० रह्यो नगरपालिकाबाट वडामा आयो त्यहा त ७ मात्र पुग्यो अनि त्यहाका वडा अध्यक्षले लाख पचायो अनि ठेकेदारलाई ठेक्का दियो ठेकेदार पनि कहाँ कम हुनु ।
उसले पनि लाख नै पचायो तर त्यहाँको ठेकेदार त चुनावमा भोट हाल्ने भोटर पो रहेछ सिमेन्टमा हातै नलगाइकन केन्द्र बाट आएको २०-१५=५ लाख पो भयो ।
कहाँबाट बन्छ त २० लाखमा बन्ने पुल ५ लाखमा मात्रै अनि ति पुल ,बाटो ,खानेपानी ,खेलमैदान त्यस्तै लथालिङ्ग भए कोहि भत्किए कोहि बगे।
त्यहाँका स्थानीयले वडा अध्यक्ष सङग यो लथालिङ्ग भयो छिटो बनाउनु पर्यो भन्दा धम्की दिने अर्को बजेट आउछ भनेर ५ बर्षको कार्यकाल सिध्याउने काम गरे बिकास जति खोलाले बगाए ।

























