फिदिम- छात्रामाथि बलात्कार गरेको भन्दै एक प्रिन्सिपल पक्राउ परेका छन्। फिदिममा सञ्चालित निलकण्ठ सेकेन्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल कुलराज सुब्बा (लिम्बू) कक्षा ७ मा अध्ययरत १४ बर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन।



पीडित छात्राका बुवाले जबरजस्ती करणीको मुद्धा दर्ता गरेपछि सुब्बालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रिन्सिपल सुब्बाले छात्रालाई होस्टलमा बन्दक जस्तै बनाएर अनैतिक काम गरेको आरोप लागेको छ।
Views: 135

























