२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

६ सय ४९ स्थानीय तहमा अस्पताल बनाउन रकम निकासा

काठमाडौं, २४ भदौ । सरकारले ६ सय ४९ स्थानीय तहमा कोभिड १९ अस्पताल निर्माणका लागि रकम निकासा गरेको छ ।

अस्पताल नभएका स्थानीय तहमा कोभिड १९ अस्पताल सञ्चालनमा ल्याउन सरकारले प्रति बेड २ लाख रुपैयाँका दरले सम्बन्धित कोलेनिका मार्फत रकम निकासा गरेको हो ।

अस्पताल नभएका स्थानीय तहमा ५ बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउन आवश्यक बेड, उपकरण र जनशिक्त व्यवस्थापनका लागि १० लाख रुपैयाँ प्रति स्थानीय तहका दरले निकासा गरिएको हो ।

सरकारले प्रत्येक स्थानीय तहमा ५ बेडको अस्पतला सञ्चाल गर्नका लागि यसअघि नै निर्णय गरिसकेको थियो ।

सो अनुसार यही २१ भदौमा बसेको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले रकम निकासा गर्ने निर्णय गरेको हो ।

सोही अनुसार स्थास्थ तथा जनसँख्या मन्त्रालयले स्थानीय  तहसँग आवश्यक समन्वय गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेको हो ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड १९ अस्पताल सञ्चालन सम्बन्धि मार्गदर्शन २०७७ सहीत कार्यान्वयनका लागि ६ सय ४९ स्थानीय तहमा पठाइएको जानकारी गराएको छ ।

कोभिड १९ अस्पताल सञ्चालन सम्बन्धि मार्गदर्शन २०७७ अनुसार ५ बेडको अस्पतालमा १ डक्टर, २ नर्स र १ जना कार्यालय सहयोगी अनिवार्य हुनुपर्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।