बाजुराको बुढीगंगा नगरपालिका–८ को बेलातमाण्डौ बजारमा भएको झगडा मिलाउन गएका प्रहरी माथि ढुंगामुढा प्रहार हुदाँ दुई प्रहरी घाइते भएका छन्। स्थानीय होटेल सञ्चालन पारस रावतलाई स्थानीय युवाहरुले कुटपिट गरे पछि झगडा छुट्याउदाँ रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान गरी घाइते भएका छन् ।
घाइते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। बेलातमाण्डौमा होटेल सञ्चालक पारस रावतलाई कुटपिट गरेर फरार भएका बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनसिंह केसीका छोरा दीपीप केसीसहितको समूहलाई प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको बाजुरा प्रहरी प्रमुख प्रहरी भट्टराईले बताए ।
प्रहरीलाई नै आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयबाट इनिस्पेक्टरको कमाण्डमा शुक्रबार राति १२ बजे नै घटना स्थलमा टोली खटाइ खोजी कार्य शुरु गरिएको बताए।