धनगढी- डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा १ सय २७ जनाको परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।
सक्रमीतहरु बझाङका २ जना र दार्चुलाका २ जना रहेका छन । बझाङको दुर्गाथली गाउपालिकाका १, छब्बिसपाथाभारी गाउपालिकाका १, दार्चुलाको ब्यास गाउपालिकाका १ जना र महाकाली नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको इन्चार्ज भुसालले बताए ।
Views: 146

























