२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

भोकसँग हारेर भारत फर्कनेको लर्को रोकिएन

धनगढी– रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरी भारत जाने क्रम बढेको छ। केही महिना घर–गाउँमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरी भारत जान थालेका हुन्।

अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ। त्रिनगर–गौरीफन्टा नाकाबाट मंगलवार पनि चार सय ४८ जना भारत पसेका छन्। उनीहरु मध्ये चार सय २५ बढि नेपाली रहेको दावी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले मंगलवार त्रिनगर नाका भएर स्वदेश फर्किनको संख्या चार सय २५ रहेको जानकारी दिए। उनका अनुसार कञ्चनपुरको गड्डाचौकी नाका भएर मंगलवार ८३ जना नेपाल स्वदेश फर्किएका छन् भने ८६ जना भारत पसकेका छन्। 

चार महिनाअघि भारतबाट घर फर्किएका कैलाली गौरीगंगाका रमेश बिकले भने, ‘गाउँमा बसेर छाक टार्नै मुस्किल भयो। भारतमा कोरोना भाईरसले भयावह रुप लिएको जानकारी पाएको छु। तर छाक टार्न पनि जार्ने पर्ने भयो।’ उनीसंगै रहेका इन्द्र चौधरीले पनि गुजारा चलाउन बाध्य भएर भारत गईरहेको बताए। 

बेरोजगार बस्दा छाक टार्नसमेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको अधिकासं सुदूरपश्चिमवासीको भनाइ छ। महामारीबीच भारत जान लागेका बझाङका केशव विष्टले काम खोज्न अर्काको देश जानु बाध्यता भएको बताए। ‘गाउँमै काम गरेर छाक टार्ने व्यवस्था भए भारत जाने रहर थिएन,’ उनले भने, ‘तर दुई छाक टार्न पनि मुस्किल हुन थालेपछि भारत जानै प¥यो।’ 

त्रिनगर नाका भएर सोमवार र बुधवार मात्रै एक हजार दुई सय बढि नेपाली भारत पसेका छन्। सोमवार त्रिनगर–गौरीफन्टा नाकाबाट सात सय ५६ जना भारत गएका थिए। फर्किनेहरू गाउँमा केही काम नपाएर जन्मथलो छाडेर जान लागेको बताउँछन्। 

भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सिमानाकाबाट प्रवेश दिइरहेको छ। कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर समेत भारत जाने गरेको छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।