२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

हिमाली जिल्ला दार्चुलामा भेटिए कालाजारका बिरामी

दार्चुला- दार्चुलामा कालाजारका तीन जना बिरामी भेटिएका छन्। जिल्लको दुहुँ गाउँपालिकाकी २२ वर्षीया महिलामा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।

ती महिला उपचारका लागि अस्पतालमा आएकी थिइन। उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको अस्पतालले जनाएको छ।

यो वर्ष दार्चुलामा ३ जनामा कालाजार देखिएको छ। बैशाखमा एक जना र असारमा एक जना पुरुषमा कालाजार देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए।

पछिल्लो समय जलवायु परिवर्तनका कारण जिवजन्तु, जिवाणु र परजिविहरुले समेत बसाइसराइ गर्न थालेका छन्। तराईका जिल्लाहरुमा पाइने लामखुट्टे, भुसुनाजस्ता परजीवीको बिगबिगी पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरुमा समेत बढ्दै गएको छ। जसले गर्दा मलेरिया, कालाजार जस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको संक्रमण देखिन थालेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।