काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ।



४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको मृत्यु भएको भने काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष गरी ६ जनाको मृत्यु भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६ पुगेको छ।
Views: 226

























