२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

कोरोना महामारीबीच डोटीमा टोल शिक्षा संचालनमा

डोटी, २३ भदौ ।  कोरोना महामारीका कारण विद्यालयहरु संचालन हुन नसकेपछि डोटीमा टोल शिक्षा कार्यक्रम सुरु भएको छ । कोरोना कहरका कारण विद्यालय जान नसकेका विद्यार्थीहरुको मानसिकतामा समस्या आउनसक्ने भन्दै डोटीमा कार्यरत एक गैरसरकारी संस्थाले टोल शिक्षा कार्यक्रम सुरु गरेको हो । 

सामुदायिक विकास केन्द्र डोटीले संचालनमा ल्याएको प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तरगत जिल्लाको १ सय ६८ विद्यालयका विद्यार्थीहरुलाई लक्षित गर्दै भौतिक दुरी कायम राख्दै टोल शिक्षा कार्यक्रम संचालन गरेको परियोजना संयोजक सतिस गुरुङ्गले बताए ।

हाल विद्यालय बन्द रहेको अवस्थामा टोलमा रहेका बालबालिकाहरुलाई कार्यक्रमका अन्तरगतका स्थानीय सिकाइ उत्प्रेरकहरुद्वारा शैक्षिक ज्ञान हस्तान्तरण गर्ने कार्यक्रमको मुल उद्देश्य समेत रहेको गुरुङ्गले जानकारी दिए ।

शिक्षा सिकाइ सत्रमा बालबालिकाद्वारा कथा बाचन, कविता बाचन, लेखाइ, बुझाइ मापन, शारीरिक अभ्यास, हाजिरी जवाफ जस्ता क्रियाकला सिकाउन थालेको छ। टोल सिकाइ कार्यक्रम हप्तामा कम्तिमा २ दिन र बढीमा ६ दिन संचालन भइरहेको छ । विद्यालय पूर्णरुपमा बन्द रहेको र विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको अवस्थामा यो कार्यक्रम समुदायमा प्रभावकारी भएको र बालकालिकाको सिकाइप्रति उत्प्रेरण जोगाउने काम भएको बडीकेदार गाँउपालिकास्थित डुणा आधारभुत विद्यालयका शिक्षक रिमा मन्नीले बताइन् ।

जिल्लाको आदर्श गाँउपालिकामा ९ वटा समुदायमा कार्यक्रम संचालन भइरहेको र उक्त कार्यक्रमबाट १ सय ९८ बालबालिका लाभान्वित भएका छन् । त्यस्तै बडीकेदार गाँउपालिका १३ स्थानमा टोल शिक्षा कार्यक्रम संचालन भइरहेको र उक्त कार्यक्रमबाट २ सय २० विद्यार्थीले लाभ लिइरहेको गुरुङ्गले जानकारी दिएका छन् ।

त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाका ११ स्थानका १ सय ३६ बालबालिकाहरुले टोल शिक्षा कार्यक्रममा भाग लिइरहेका छन् । कोरोना कहरको समयमा नियमित रुपमा संचालन भइरहेको यस कार्यक्रम अन्तरगत केआईसिँह गाँउपालिकामा १ सय ६०, पुर्विचौकी गाँउपालिकामा ७५, सायल गाँउपालिकामा १ सय २३, शिखर नगरपालिकामा २१ र दिपालय सिलगढी नगरपालिकामा १३ जना बालबालिका लाभान्वित भइरहेका पाइएको छ ।

भौतिक दूरी कायम गरेर टोल शिक्षा कार्यक्रम संचालन भइरहेको भनिए पनि बालबालिकामा भने भौतिक दूरी कायम नगराइएको पाइएको छ । -अन्नपूर्ण पोष्ट  बाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।