डडेल्धुरा – डडेल्धुरामा ट्याक्टर बाट खस्दा एकजनाको मृत्यु भएको छ। भागेश्वर गाउँपालिका–४ ढिमला मा लु अ ७०९ नम्वरकाे अस्थायि नम्वर भएकाे ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु भएको हो।



कैलालीको कैलारी गाउँपालिका–२का २० वर्षीय रज्जित चौधरी काे मृत्यु रहेको डडेल्धुरा प्रहरीले जनाएको छ।
सोमबार साँझ उनी ट्याक्टरबाट खसेर गम्भीर घाइते भएको र उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको र चालक लाई नियन्त्रणमा लिएकाे र थप अनुसन्धान भईरहेकाे र कानुन बमाेजिम कारवाहि गरिने डडेल्धुराका प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले जानकारी दिए। मृतककाे शव अहिले सेती अस्पतालमा राखिएकाे समेत बाेहराले बताए ।
Views: 137

























