२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

कैलाली र कञ्चनपुरमा अाज १० जनामा काेराेना पुष्टि ।

कैलाली – कैलाली र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ८८ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको हो।

कञ्चनपुरका ६ र कैलालीका चार जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ८ का दुई जना, लम्कीचुहा नगरपालिका वडा नम्वर २ का एक जना र वडा नम्वर १ का एक जनामा संक्रमण पुष्टि भएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ का पाँच जना र वडा नम्वर ५ का एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।  

उता डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा कोरोना भाईरसको परीक्षण घटेको छ। पर्याप्त स्वाब नभएपछि दुबै प्रयोगशालामा परीक्षण घटेको हो।

दुबै प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २२ नमुना मात्रै परीक्षण गरिएको छ। डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको मात्रै कोरोना परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

एता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।