२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

श्रीमान् क्वारेन्टीनमा नाबालक बच्चा छाडेर श्रीमती बे’पत्ता

गोरखाको फुजेलबाट एक महिला २ साता देखी बेपत्ता भएकी छिन् ।काखे बालक छाडेर महिला एकाएक बेपत्ता भएकी हुन् ।गोरखा जिल्ला गण्डकी गाउँपालिका ४ फुजेल ढाबे निबासी २५ बर्षिया रिता अधिकारी दुवाडी नाम गरेकी महिला गएको साउन २१ गते देखी हराई रहेकी हुन् ।

अहिले उनलाई उनको परिवार र प्रहरीले खोजी गरिरहेको छ ।‘हामी बिचमा कुनै कुराको झगडा भएको थिएन । एक्कासी २१ गते बिहान ३ बजे घरबाट निश्कीएकी उनी आज सम्म पनि सम्र्पकमा नआएको’ उनका श्रीमान दिपक अधिकारीले बताए ।

रोजगारीको लागि भारतको न्यू दिल्लीमा रहेको एक रेष्टुरेन्टमा काम गर्ने दिपक लक डाउनका बेला घर फर्किएका थिए । २८ दिन क्वारेन्टीनमा बसेर घर फर्किएका उनी चिनेजानेका साथीको ट्याक्टर चलाएर २ दिन पछि घर फर्किदा श्रीमती गायब भएकी थिइन ।

म रोजगारीको लागि भारतको न्यू दिल्लीमा बस्छु । लकडाउन भए पछि घर आए । रोजगारीको लागि गाउँ घर चाहारेर फर्कदा श्रीमती घर नाबालक छोडेर बेपत्ता भईछिन्’ उनका श्रीमान दिपकले भने ।बेपत्ता महिलाको ५ बर्षे छोरालाई समेत घरमै छाडेर हिडेकी हुन् ।

धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डली माईती भएकी उनी कहाँ गईन अहिले सम्म पत्तो पाउन नसकिएको उनको परिवारले जानकारी दिएको छ ।?०७२ सालमा मागि विवाह गरेका दिपक र रिता बिच अहिले सम्म पनि झै झगडा नभएको उनका छिमेकी बताए ।

ससुरी तर्फबाट दैनिक जसो फोन गरेर छोरीको लास वा सास चाहिने भन्दै फोनमा धम्की दिने गरेको पिडित दिपकले बताए । परिवार संग भिन्न बसेका दिपक अहिले ५ बर्षे बालकको हेरचाह गर्दै श्रीमती घर फर्किने आशामा बसेका छन् ।

महिला बेपत्ता भए पछि दिपकले ताङलीचोकमा रहेको प्रहरीमा साउन २५ गते नै श्रीमती बेपत्ता भएको उजुरी दर्ता गराएका थिए । बेपत्ता भनिएकी रिताले अहिले पनि ९८०५२१९८६९ नम्बरको मोबाईल उठाएता पनि आफु रहेको स्थान खुलाउन चाहदिनन् । यो खबर हिमालिदैनिक डटकममा छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।