२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

कैलालीका ठूला नदीहरुमा बाढी

 सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा बर्षा भएपछि कैलालीका नदीहरुमा बाढी आएको छ । यहाँको गोदावरी , कर्णाली , मोहना पथरैया, काडा, कान्द्रा, खुटिया लगायतका नदीहरुमा बाढी आएको हो ।

तराईका जिल्लाहरुमा ठूलो बर्षा नभएपनि पहाडी जिल्लाहरुमा भएको बर्षाले माथिवाट बाढी आएको स्थानियहरुले बताएका छन् । नदीहरुमा जलस्तर वढेपछि तटीय क्षेत्रका वासिन्दाहरुलाई सर्तक रहन आग्रहगरिएको छ ।

पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय हुन लागेकाले अब फेरि विस्तारै पानी पर्ने क्रम बढ्दै जानेछ ।

मौसमविद्का अनुसार सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठुलो र एक दुई ठाउँमा भारी बर्षाको सम्भावना रहेकाले निकै साबधानी अपनाउन भनिएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।