२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

आज भदौ २३ गते मङ्गलवारको राशिफल

तदअनुसार सेप्टेम्बर ८, २०२० आजको महावाणी सधैँ खुशी र सन्तुष्ट रहे तपाईं सधैँ युवा रहनुहुनेछ ।

-चार्ल्स डिकिन्स आजको राशिफल

मेष- रोजगारको अवसर र राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ, तर कार्य क्षेत्रमा झमेला आउला ।

वृष- प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

मिथुन- नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

कर्कट- आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

सिंह- आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कन्या- कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

तुला- विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक- घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

धनु- छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

मकर- महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ- मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

मीन -आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।